December 12, 2017NP | ENG

विशेष समाचार

ब्यापार

img

बकी







खेलकुद

img

नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ..

 नक्कली प्रमाणपत्र बनाउने आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सामाखुसी रानीबारीस्थित ‘आइटी भेट टेक्नोलोजी’ नामक साइबरका सञ्चालक विकास रम्तेल र कामदार भगवान् भण्डारी रहेका छन् । 

वैदेशिक रोजागरीको ठगी उजुरी परेको ऐनबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्दा उनको साथबाट प्रवेशिका परिक्षाको नक्कली प्रमाणपत्र फेला पारेपछि सोधखोजका क्रममा सो साइबरबाट रु एक हजार तिरेर प्रमाणपत्र बनाएको खुलेको थियो । 

महाशाखाका प्रहरी टोलीले थापालाई साथै लिएर साइबरमा गई अर्को नक्कली प्रमाणपत्र बनाउन आग्रह गर्दा रु एक हजार लिई अर्को नक्कली प्रमाणपत्र बनाइदिएपछि प्रहरीले रङ्गेहात दुवैजनालाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानबाट उक्त कागजात वैदेशिक रोजगारीमा जान तथा अन्य प्रयोजनका लागि आउने व्यक्तिलाई आवश्यकताअनुसार प्रवेशिका, उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालयको स्नातकतहको मार्कसिट, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ । 

साइवरबाट प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्को नक्कली चारित्रिक प्रमाणपत्र पाँच थान, त्रिविको ट्रान्सक्रिप्ट एक थान, नेपाल सरकारको लोगो भएको टोखा नगरपालिका लेटरप्याड एक थान, अधिकृतको छाप एक थान, विभिन्न दूतावासको लेटरप्याड बरामद गरेको छ । 

यसैबीच लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन ५० ग्रामसहित कलङ्कीबाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा जिल्ला मेची नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडाँै चन्द्रागिरि नगरपालिकाका २७ वर्षीय दिलीप शाही रहेको प्रहरीले जनाएको छ । 

बकी

राजनीति

img

गृहमन्त्रीले ‘सिसिटिभीको फुटेज मिडियालाई दिउँ कि माफी माग्ने ?’ भन्दै झपारेपछि युवासंघ लम्पसा

एमालेको भातृ संगठन युवासंघले बुधबार दिनभरीमा सार्वजनिक माफी माग्ने वाचा गरेपछि सरकारी गाडी आगजनी गर्नेलाई पक्राउ नगरिएको बुझिएको छ । युवा संघको सार्वजनिक क्षमा याचनाको पर्खाइमा गृह मन्त्रालय रहेको गृहमन्त्री बिमलेन्द्र निधिनिकट स्रोतले जनाएको छ । बुधबार कार्यालय समय भित्रमा युवा संघले आधिकारिकरुपमा माफी नमागेमा उसका केही केन्द्रीय नेतालाई पक्राउ गर्ने तयारीमा प्रहरी छ ।

गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटेर युवा संघका अध्यक्ष राजीब पहारीसहितको समूहले माफी माग्ने भन्दै पक्राउ नगर्न आग्रह गरेको थियो । आगजनीलाई लिएर क्रुद्ध बनेका गृहमन्त्री निधिले घटनामा संलग्नहरुलाई बचाउन सकिने स्थिति नरहेको स्पष्ट गरेका थिए । निधिले सिसिटिभी दृश्यबाट सबै छर्लङ्ग भइसकेको जनाएका थिए ।

युवा संघका नेताहरुले राजनीतिक घटनालाई अनावश्यकरुपमा उचालिएको भन्दै गृहमन्त्रीसँग दुखेसो गरेका थिए । गृहमन्त्री निधिले फुटेज सार्वजनिक गरेपछि घटना राजनीतिक कि अपराधिक भन्ने थाहा हुने भन्दै रिसाएका थिए । फुटेज सार्वजनिक गरिदिने गृहमन्त्रीको चेतावनीपछि युवा संघका नेताहरुको भाका एकाएक फेरिएको मन्त्रालय निकट स्रोतले दाबी गर्‍यो ।

गृहमन्त्री निधिको सचिवालयले दिएको जानकारी अनुसार युवा संघका नेता राजिव पहारीले साथीहरुबाट गम्भीर गल्ती भएको भन्दै क्षमा याचना गरेका थिए ।

व्यक्तिगतरुपमा माफी मागेर केही नहुने भन्दै निधिले सार्वजनिकरुपमा माफी माग्न र अब आइन्दा त्यस्ता गतिविधिमा संलग्न नहुने कबुल गर्न सुझाव दिएका थिए । पहारीले संगठनमा छलफल गरेर बुधबार दिनभरीमा माफी माग्ने वाचा गरेका थिए ।

सोमबार निधिसँग छलफल गरेसँगै पहारीले साथीहरु प्रहरीको भन्दामा पुग्ने अवस्था सृजना भएको भन्दै संगठनका तर्फबाट माफी माग्ने प्रस्ताव गरेका छन् । मंगलबार पहारीको प्रयास सफल हुन सकेन । प्रशासनसँग प्रतिरोध गरेर अघि बढ्नुपर्ने तर माफी माग्न नहुने भन्ने पक्षमा आवाज उठेको छ ।

व्यक्तिले गरेको गल्तिमा संगठनको साख गिराउने गरी क्षमा याचना गर्न नहुनेमा पहारी पक्षधरकै नेताहरुले तर्क गरेका छन् ।
अपरान्हसम्म पर्खने, त्यसपछि पक्राउ गर्ने....

बकी
ittrainingnepal-add